बालेनको १२ वर्षअघिको ‘रअ बार्ज र्‍याप ब्याटल’ हटाउन माग गर्दै उजुरी

हिमाल प्रेस ५ वैशाख २०८३ ७:२१ | Saturday, April 18, 2026
4
SHARES
बालेनको १२ वर्षअघिको ‘रअ बार्ज र्‍याप ब्याटल’ हटाउन माग गर्दै उजुरी

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को गीत युट्युब च्यानलबाट हटाउन माग गर्दै साइबर ब्युरोमा उजुरी परेको छ ।

तत्कालीन संविधानसभा सदस्य समेत रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक सुनीलबाबु पन्तले उजुरी दिएका छन् । उक्त गीतले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मानमर्दन गरेको भन्दै उनले उजुरी दिएको साइबर ब्युरोका एसपी दीपक गिरीले जानकारी दिए ।

‘उक्त गीत हटाई पाउँ भनेर उजुरी परेको छ,’ एसपी गिरीले भने, ‘के रहेछ हामीले अध्ययन सुरु गरेका छौँ ।’ १२ वर्षअगाडि सङ्सनेपाललगायत केही युट्युब च्यानलमा ‘रअ बार्ज र्‍याप ब्याटल’ अपलोड छ । जसमा यौनिक तथा लैंगिक अल्पसंख्यक र महिलाबारे बालेनले प्रयोग गरेका केही शब्द आपत्तिजनक छन् ।

प्रकाशित: ५ वैशाख २०८३ ७:२१ | Saturday, April 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast