इजरायल र लेबनानबीच युद्धविराम

हिमाल प्रेस ४ वैशाख २०८३ १२:२५ | Friday, April 17, 2026
6
SHARES
इजरायल र लेबनानबीच युद्धविराम इजरायल र हिज्बुल्लाहबीच भएको युद्धविरामपछि दक्षिणी लेबनानको जिब्चितमा इजरायली हवाई आक्रमणबाट ध्वस्त भएका भवनहरूको स्थान नजिकैबाट सवारीसाधन चलाउँदै अघि बढेका सर्वसाधारण। तस्बिर : एपी/रासस

काठमाडौँ- इजरायल र लेबनानबीच १० दिनका लागि युद्धविराम लागू भएको छ। यसबाट पश्चिम एसियामा तनाव कम हुने आशा जगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

युद्धविराम लागू हुनेबित्तिकै बेरुतका केही भागमा उत्सव मनाइएको छ। तर अवस्था चाँडै नै संवेदनशील देखिन थाल्यो। लेबनानी सेनाले युद्धविरामपछि पनि इजरायली सेनाले दक्षिणी लेबनानका केही क्षेत्रमा गोलाबारी गरेको आरोप लगाएको छ। हिज्बुल्लाहले आफ्नो अन्तिम आक्रमण युद्धविराम लागू हुनुभन्दा केही मिनेटअघि भएको जनाएको छ। इजरायलतर्फबाट यी आरोपहरूबारे तत्काल कुनै प्रतिक्रिया आएको छैन।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच अर्को चरणको वार्ता सप्ताहन्तमा हुन सक्ने र दुवै पक्ष कुनै सहमतिनजिक पुगेको बताएका छन्। ट्रम्पका अनुसार इरानले २० वर्षसम्म परमाणु हतियार नबनाउने संकेत दिएको छ। इरानले आफ्नो उच्च स्तरमा समृद्ध युरेनियमको भण्डारको केही हिस्सा देशबाहिर पठाउने विषयमा विचार गरिरहेको छ भने अमेरिका प्रतिबन्धहरू खुकुलो पार्ने प्रस्ताव अघि सारिरहेको छ।

प्रकाशित: ४ वैशाख २०८३ १२:२५ | Friday, April 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast