नेपाली दूतावासहरूमा मनाइयो आरोग्यता दिवस

हिमाल प्रेस ३ वैशाख २०८३ १७:२७ | Thursday, April 16, 2026
10
SHARES
नेपाली दूतावासहरूमा मनाइयो आरोग्यता दिवस

काठमाडौँ- विभिन्न देशमा रहेका नेपाली राजदूतावासहरूले आरोग्यता दिवस मनाएका छन्। बुधबार उनीहरूले विभिन्न कार्यक्रम गरेर दिवस मनाएका हुन्।

जापानस्थित नेपाली दूतावासले ‘सिंगिङ बल’को प्रदर्शनी र प्रयोगात्मक गरिएको तथा नेपालको ट्रेकिङ रुट एवं साहसिक पर्यटन क्षेत्रसम्बन्धी प्रचारप्रसार सामग्री वितरण गरेको थियो। साथै वेलनेस टुरिज्मसम्बन्धी नियोग प्रमुखले सन्देश जारी गरेका थिए भने शिलाजित, च्युरी तेल, अर्कानिक चिया, हिमालयन बाथ साल्टलगायतका नेपाली उत्पादनहरुको प्रदर्शनी गरिएको दूतावासले जनाएको छ।

त्यस्तै श्रीलंका, रसिया ओमानस्थित नेपाली दूतावासले पनि विभिन्न कार्यक्रम गरेर मनाएको छ। कार्यक्रममा विभिन्न देशका राजदूतहरु, अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि, कूटनीतिज्ञ, स्वास्थ्यकर्मीलगायतको उपस्थिति थियो।

प्रकाशित: ३ वैशाख २०८३ १७:२७ | Thursday, April 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast