इजरायली आक्रमणमा लेबनानमा पाँच जनाको मृत्यु

हिमाल प्रेस २ वैशाख २०८३ १६:४७ | Wednesday, April 15, 2026
8
SHARES
इजरायली आक्रमणमा लेबनानमा पाँच जनाको मृत्यु तस्बिर : एएफपी

काठमाडौँ– दक्षिणी लेबनानको अन्सारीयेह शहरमा भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको छ।

लेबनानी राष्ट्रिय समाचार एजेन्सीले बुधबार शहरलाई लक्षित गरी गरिएको आक्रमणमा पाँच जनाको मृत्यु भएको जनाएको हो।

यसले इजरायले अल–कुलाइलाह शहरको प्रवेशद्वार, साथै बिन्त जबेल शहरको वरपरका क्षेत्रहरूलाई लक्षित गरी आक्रमण गरेको र हानिन शहरका घरहरूमा विस्फोट गराएको पनि बताएको छ।

लेबनानी स्वास्थ्य मन्त्रालयले मार्च– २ देखि जारी इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार १२४ जना पुगेको र छ हजार ९२१ जना घाइते भएको जनाएको छ।-रासस/क्युएनए

प्रकाशित: २ वैशाख २०८३ १६:४७ | Wednesday, April 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast