काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक पनि बस्दैछ।
बिहान ११ बस्ने अनुशासन समिति बैठकमा गत निर्वाचनको अन्तर्घातको उजुरी र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको समानन्तर गतिविधिमाथि छलफल हुने छ। पछिल्लो ताका खड्काले पार्टी गतविधिविरुद्ध काम गरेको संस्थापनको बुझाइ छ। केही नेताहरूले उनलाई कारबाही गर्नुपर्ने बताउँदै आएका छन्। आजको बैठक कारबाहीकै विषयमा छलफल गर्ने एक नेताले बताए। आजै कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
प्रकाशित: २ वैशाख २०८३ ९:४७ | Wednesday, April 15, 2026
प्रतिक्रिया




