काठमाडौँ- ट्रकको ठक्करबाट गम्भीर घाइते भएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ३३ वर्षीय अभय लामाको मृत्यु भएको छ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका-४ घर भएका लामा गत चैत २९ गते ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थिए।
लामाको ललितपुर ग्वार्कोस्थित ‘बी एण्ड बी’ अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए।
प्रकाशित: १ वैशाख २०८३ १४:१३ | Tuesday, April 14, 2026
प्रतिक्रिया




