कोरलानाकामा जिप दुर्घटना, चालक घाइते

हिमाल प्रेस ३० चैत २०८२ १३:३८ | Monday, April 13, 2026
72
SHARES
कोरलानाकामा जिप दुर्घटना, चालक घाइते

मुस्ताङ- काठमाडौँ-पोखरा हुँदै मुस्ताङको नेपाल-चीन उत्तरी कोरलानाकातर्फ जाँदै गरेको ग १ च २२५५ नम्बरको टोयटा हायस जिप दुर्घटना भएको छ।

दुर्घटनामा काठमाडौँको तारकेश्वर नगरपालिका-५ टोखा निवासी जिप चालक ३१ वर्षीय नागमिन सुब्बा घाइते भएका छन्।

जिपमा चालकसहित पाँच जना यात्रु सवार रहेको बताइएको छ।

कोरलानाका नजिकै अनियन्त्रित भई आज बिहान जिप दुर्घटना भएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका गणपति प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए।

उनका अनुसार कोरलानाकास्थित एक किलोमिटर दक्षिणको भिरालो सडकमा सवारी दुर्घटना भएको हो।

घाइते चालक सुब्बालाई सशस्त्र प्रहरीद्वारा कोरलानाकाबाट उद्धार गरी जोमसोम अस्पतालतर्फ ल्याउँदै गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।

प्रकाशित: ३० चैत २०८२ १३:३८ | Monday, April 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast