‘फूलबारी’को प्रचारमा प्रियंका र विपिन

हिमाल प्रेस १५ माघ २०७९ १०:४० | Sunday, January 29, 2023
‘फूलबारी’को प्रचारमा प्रियंका र विपिन

काठमाडौँ- फागनु ५ मा प्रदर्शनमा आउने फिल्म ‘फूलबारी’को प्रचारप्रसारमा कलाकार र निर्माण पक्ष जुटेको छ।

फिल्म प्रमोसनका लागि विपिन कार्की, प्रियंका कार्कीलगायत कलाकार सहितको टोली बुटवल पुगेको छ। त्यहाँ न्यु होराइजन र कुँवरवर्ती बोर्डिङ स्कुलका विद्यार्थीबीच पुगेर फिल्मको प्रचार गरिएको छ।

बुटवलमा पाएको आतिथ्यबाट खुसी टोलीले बुटवलवासीको मायाले आफूहरू अभिभूत भएको बताएको छ। अभिनेत्री प्रियंकाका कार्कीले त यति धेरै माया र सुन्दर आतिथ्यका लागि धन्यवादसमेत दिएकी छन्।

रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनीष ढकाललगायत कलाकारको अभिनय रहेका छ।

उपेन्द्र सुब्बाको लेखन रहेको फिल्ममा कमल किशोर मलपानीको कथा रहेको छ। सामाजिक विषयवस्तुमा बनेको फिल्म फिल्मलाई फेमिली ड्रामा जनरामा राखिएको छ।

प्रकाशित: १५ माघ २०७९ १०:४० | Sunday, January 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast