काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो वाचापत्रमा पनि सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने विषय समेटेको थियो। सोहीअनुसार सम्पत्ति विवरण सार्वजनिक गरिएको हो।
तर, संविधानमा भने सम्पत्ति विवरण बुझाउनुपर्ने बाध्यकारी बनाइएको भए पनि सार्वजनिक गर्नुपर्ने भने भनिएको छैन। संविधानमा सम्पत्तिको गोपनीयताको हक हुनेछ भन्ने विषय उल्लेख छ।
प्रकाशित: २९ चैत २०८२ १९:४६ | Sunday, April 12, 2026
प्रतिक्रिया




