फाइल तस्बिर
काठमाडौँ- संसदीय सुनुवाइ समिति गठन गरिएको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई सभाले अनुमोदन गरेको हो।
समितिमा सांसदहरू अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन कुमार सिंह, पद्मा कुमारी अर्याल, बोध नारायण श्रेष्ठ, भिष्मराज आङ्देम्बे, मधु चौलागाईं, रञ्जु दर्शना, राजीब खत्री, लेखजंग कार्की र वर्षमान पुन सदस्यका रूपमा रहेका छन्।
प्रकाशित: २८ चैत २०८२ ८:०५ | Saturday, April 11, 2026
प्रतिक्रिया




