काठमाडौँ- चैतको आज चौथो अर्थात् अन्तिम शनिबार। विगत केही समयदेखि हामीले साताको शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूलाई समेट्दै आइरहेका छाैँ। जुन आम मानिसका लागि बिदाको दिनको सदुपयोग गर्ने र केही सिक्ने मौका मिल्न सक्छ। यो साता उपत्यकाका नेपालीसहित विदेशी फिल्म र थिएटरमा एक नाटक चलिरहेको छ।
कान्तिपुर थिएटरमा ‘सेतो धरती’
गैरीधारास्थित कान्तिपुर थिएटरमा चैत २७ देखि नाटक ‘सेतो धरती’ मञ्चन भइरहेको छ। नाटक आख्यानकार अमर न्यौपानेको उपन्यास ‘सेतो धरती’मा आधारित छ। उपन्यासले मदन पुरस्कार जितेको थियो। सुन्दर धितालले निर्देशन गरेको नाटकमा अभिनेत्री बेनिशा हमाल मुख्य भूमिकामा छिन्। अन्य कलाकारमा सुहाना आचार्य,उमेश सुनाम, सुस्मिता श्रेष्ठ, सजना थापा, बिनिता गिरी, आवास भट्टराई, विशाल कार्की, संस्कार चौलागाईं, रविन पुन मगरलगायत कलाकारको अभिनय छ। बुधबारबाहेक नाटक साताको प्रत्येक दिन साझ ५ः १५ बजे मञ्चन हुनेछ। आज शनिबार दिउँसो १ बजे मञ्चन हुँदैछ।
मण्डलामा ‘अतिरञ्जन को मनोरञ्जन’
थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘अतिरञ्जन को मनोरञ्जन’ चलिरहेको छ। नाटक सागर खाती कामीले निर्देशन गरेका हुन्। संयोग गुरागाईंको लेखन रहेको नाटकले मनोरञ्जनको सीमा बाहिर समाजमा देखिने अतिरञ्जन र त्यसको प्रभावमा आधारित छ। नाटकमा सोमनाथ खनाल, सन्दिप श्रेष्ठ, रोशन अधिकारी, स्वप्निल घिमिरे, चक्र विष्ट, यशोदा गुरुङ, रिजन लामा, सनम श्रेष्ठलगायत कलाकारको अभिनय छ। नाटक आगामी वैशाख १३ गतेसम्म मञ्चन हुनेछ।
हलमा राम नाम सत्य
फिल्म ‘राम नाम सत्य’ चैत २७ देखि प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक माइकल चन्द हुन्। एक्सन, सस्पेन्स र प्रेम कथामा आधारित फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझाी, सुपुष्पा भट्ट, सुनिल थापा, प्रशान्त ताम्राकार आयुषसिंह ठकुरीलगायत कलाकारको अभिनय छ।
क्यूएफएक्स सिनेमाज अन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, लबिम मल, सिटी स्क्वायर मल, सिभिल मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको २७ सो छ। आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, लोत्से मल र विश्वज्योति मलमा १५ र वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टरमा ११ सो छ।
एफक्युब सिनेमाज, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स फिल्म ‘राम नाम सत्य’ चलिरहेको अन्य हल हुन्।
डाकैतः अ लभ स्टोरी
हिन्दी फिल्म ‘डकैतः अ लभ स्टोरी’ चैत २७ देखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र ड्रामा जनरामा बनेको फिल्म शनिल देवले निर्देशन गरेका हुन्।
फिल्ममा आदिवी शेष, मृणाल ठाकुर, अनुराग कश्यप, प्रकाश राजलगायत कलाकारले अभिनय गरेका छन्।
क्यूएफएक्स सिनेमाज अन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, सिभिल मल, लबिम मल, सिटी स्वायर मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, छाया सेन्टरमा फिल्मको २३ सो छ। आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, लोत्से मल र विश्वज्योति मल, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज,कीर्तिपुर सिनेप्लेक्स, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिजमा फिल्म् प्रदर्शनरत छ।
द सुपर मारियो ग्यालेक्सी मुभी
हलिउड फिल्म ‘द सुपर मारियो ग्यालक्सी मुभी’ चैत २० देखि नेपालमा प्रदर्शन भइरहेको छ। कमेडी र एडभेञ्चर जनरामा बनेको फिल्मका निर्देशक आरोन होर्भाथ र माइकल जेलेनिक हुन्।फिल्ममा क्रिस प्रयाट, अन्या टेलर जोय, चार्ली डे ज्याकलगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाज अन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, सिटी स्क्वायर मल, लबिम मल र छाया सेन्टरमा फिल्मको ४ सो छ। आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, बिग मुभिज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्समा फिल्म चलिरहेको छ।
धुरन्धर: द रेभेन्ज
बलिउड फिल्म ‘धुरन्धर: द रेभेन्ज’ चैत ५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक आदित्य धर हुन्। फिल्ममा रणवीर सिंह मुख्य भूमिकामा छन्। उनीसँगै आर माधवन, अर्जुन रामपाल, संजय दत्त, सारा अर्जुनलगायत कलाकारले अभिनय गरेका छन्।
फिल्ममा अघिल्लो भागलाई निरन्तरता दिँदै एक हिन्दुस्तानीको पाकिस्तानी ग्याङस्टासँगको बदलाको कथा देखाइएको छ। भारतीय जासुसको रुपमा पाकिस्तान पुगेका एक पात्रको संघर्ष, उसले भोग्ने चुनौतीलाई फिल्मको कथामा प्रस्तुत गरिएको छ।
क्युएफएक्स सिनेमाज अन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, दरबार सिनेम्याक्स, छाया सेन्टर, सिटी स्क्वायर मल, लबिम मल, सिभिल मल र भाटभटेनी भक्तपुरमा फिल्मको २१ सो छ। आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, लोत्से मल र विश्वज्योति मल, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज कीर्तिपुर सिनेप्लेक्समा फिल्म प्रदर्शनरत छ।
प्रोजेक्ट हेल मेरी
हलिउड फिल्म ‘प्रोजेक्ट हेल मेरी’ चैत ६ देखि नेपालमा प्रदर्शन भइरहेको छ। ड्रामा र थ्रिलर जनरामा बनेको फिल्मले हलमा न्यून सोसहित चलिरहेको छ। फिल्मका निर्देशक फिल लर्ड क्रिस्टोफर मिलर हुन्। फिल्ममा रायन गोस्लिङ्ग, मिलाना वेनट्रब, सान्ड्रा हलरलगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको बिग मुभिज, एफक्युब सिनेमाज र रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।




