त्रिभुवन विमानस्थलमा जडान भएको ‘एईडी’ मेसिनले के काम गर्छ?

हिमाल प्रेस २६ चैत २०८२ २१:२१ | Thursday, April 9, 2026
22
SHARES
त्रिभुवन विमानस्थलमा जडान भएको ‘एईडी’ मेसिनले के काम गर्छ?

काठमाडौँ– दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन अचानक बन्द हुने अवस्थामा मुटुको प्राथमिक उपचारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘अटोमेटेड एक्सटर्नल डफिब्रुलेटर’ मेसिन जडान गरेको छ।

आपतकालिन् स्वास्थ्य सेवा सुदृढीकरणका लागि हाप्सा नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगको सहकार्यमा अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रमा बिहीबार यो मेसिन जडान गरेको हो।

मुटुको धड्कन अचानक बन्द हुने अवस्थामा विद्युतीय झड्का दिएर उपचार गर्ने मेसिनलाई ‘एईडी’ मेसिन भनिन्छ।

हाप्सा नेपालका संस्थापक डा. रामु खरेलले मुटुको धड्कन अचानक बन्द हुने अवस्था विश्वभर प्रमुख कारण रहेको बताए। उनले मुटुको धड्कन अचानक बन्द हुने अवस्था आएमा एईडी मेसिनमार्फत प्राथमिक उपचार गर्न सकिने भएकाले विमानस्थलमा उक्त मेसिन जडान गरिएको बताए।

मेसिन तालिम प्राप्त व्यक्तिले मात्र नभई साधारण नागरिकले समेत प्रयोग गर्न सक्ने हाप्सा नेपालले जनाएको छ। विमानस्थलमा जडान गरिएको एईडी मेसिनमा स्पष्ट निर्देशनहरु र ‘क्यूआर’ समावेश गरिएकाले आपतकालिन् अवस्थामा प्रयोग गर्ने तरिका भिडियोमार्फत तुरुन्त सिक्न सकिनेछ।

हाप्सा नेपालले हालसम्म सशस्त्र प्रहरी बलका दुई हजारभन्दा बढी अधिकृत तथा जवानलाई आकस्मिक उपचार विधि (सीपीआर) तालिम, विद्यालयमा सीपीआर तालिम प्रदान गरिसकेको छ। यसैगरी, शिक्षा मन्त्रालयका पाठ्यक्रममा आकस्मिक उपचारसम्बन्धी कार्यक्रम समावेश गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast