स्थानीय तहले जनतालाई प्रभावकारी सेवा प्रदान गर्नुपर्छ : सभामुख अर्याल

हिमाल प्रेस २६ चैत २०८२ १८:१२ | Thursday, April 9, 2026
8
SHARES
स्थानीय तहले जनतालाई प्रभावकारी सेवा प्रदान गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौँ- सभामुख डाेलप्रसाद अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

नेपाल नगरपालिका संघको ३३ औँ स्थापना दिवसको अवसरमा सभामुख अर्यालले अनुभव र असल अभ्यासको आदानप्रदान गर्दै सामाजिक विकास र सुशासनलाई थप प्राथमिकता दिन आग्रह गरेका हुन्। उनले सेवाग्राहीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले सेवामा कुनै त्रुटि गर्न नहुने बताए।

उनले आफ्ना संस्था वा व्यक्तिगत हितभन्दा सेवाग्राहीको सन्तुष्टिलाई ध्यान दिनुपर्ने धारणा व्यक्त गर्दै जनताको मुहारमा खुसी ल्याउने र सरकारले जनताका लागि काम गरिरहेको अनुभूति दिलाउन स्थानीय तहले सक्रिय भूमिका खेल्नुपर्ने बताए।

स्थानीय तहलाई सुदृढ बनाउन तथा बजेटलगायत विषयमा सबै तहका सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै सभामुखले त्यसका लागि आफू प्रतिबद्ध रहेको बताए।

प्रकाशित: २६ चैत २०८२ १८:१२ | Thursday, April 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast