हाजिर जमानीमा रिहा हुँदै ओली-लेखक

हिमाल प्रेस २६ चैत २०८२ १०:२८ | Thursday, April 9, 2026
16
SHARES
हाजिर जमानीमा रिहा हुँदै ओली-लेखक

काठमाडौँ- केपी शर्मा ओली र रमेश लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। सर्वोच्च अदालतको परमादेश अनुसार प्रहरीले दुवै जनालाई रिहा गर्ने निर्णय गरेको हो । उनीहरूलाई छाड्ने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौँको सूचना अधिकारी पवनराज भट्टराईले जानकारी दिए। ‘अनुसन्धानमा बोलाएको बेला आउने शर्तमा छाड्न लागिएको हो।’ उनले भने।

भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनीहरूलाई प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो । काठमाडौँ जिल्ला अदालतबाट तेस्रो पटक म्याद लिएर प्रहरीले उनीहरूलाई हिरासतमा राखेको थियो ।

बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ मा चौथो पटक म्याद नथप्न र अनुसन्धान पुरा नभएमा हिरासतमुक्त गरेर थप अनुसन्धान र तहकिकातको काम सम्पन्न गर्न परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार काठमाडौँ जिल्ला अदालतबाट थप भएको तेस्रो म्याद बुधवारसम्म मात्रै थियो ।

 

प्रकाशित: २६ चैत २०८२ १०:२८ | Thursday, April 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast