बागमती प्रदेशसभाको सत्रौँ हिउँदे अधिवेशन सुरु

हिमाल प्रेस २४ चैत २०८२ २०:१५ | Tuesday, April 7, 2026
10
SHARES
बागमती प्रदेशसभाको सत्रौँ हिउँदे अधिवेशन सुरु

मकवानपुर- बागमती प्रदेशसभाको १७औँ हिउँदे अधिवेशन आज (मंगलबार) देखि सुरु भएको छ।

अधिवेशनअन्तर्गत आज बसेको बैठकमा उपसभामुख अप्सरा चापागाईंले बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरेकी थिइन्। उनले तत्कालीन सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट दिएको राजीनामा तथा ६ जना प्रदेशसभा सदस्यले दिएको राजीनाबारे सभालाई जानकारी गराइन्।

उपसभामुख चापागाईंले सभामुख एवम् उपसभामुख बैठकमा अनुपस्थित रहेको अवस्थामा सभा सञ्चालनका लागि मनोनीत गरेका चार सदस्यको नाम बैठकले स्वीकृत गरेको छ। मनोनीत हुनेहरू सुना परियार, सुष्मा भुजेल न्यौपाने, हरिप्रसाद सापकोटा र लक्ष्मी घिमिरे रहेका छन्।

बैठकको विशेष समयमा सम्बोधन गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय सरकारसँगको सहकार्य र समन्वयमा प्रदेश सरकारले सुशासन प्रवर्द्धनका लागि काम गर्ने बताए। उनले प्रदेशका विभिन्न जिल्लामा बहुवर्षीय योजनालाई क्रमशः कार्यान्वयन गर्दै लैजाने सरकारको नीति रहेको उल्लेख गरे।

प्रदेशसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ।

प्रकाशित: २४ चैत २०८२ २०:१५ | Tuesday, April 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast