लमजुङमा जिप दुर्घटना दुई जनाको मृत्यु, १२ घाइते

हिमाल प्रेस २१ चैत २०८२ १९:३६ | Saturday, April 4, 2026
10
SHARES
लमजुङमा जिप दुर्घटना दुई जनाको मृत्यु, १२ घाइते

पोखरा– लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ७ मा उस्ताबेसीमा जिप दुर्घटना भएको छ।

दुर्घटनामा २ जना यात्रुको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

सरमुकाम बेँसीशहरदेखि मस्र्याङ्दी गाउँपालिकाको छिनखोला जाँदै गरेको ग १ ज ६४७० नम्बरको जिप शनिबार साँझ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, लमजुङका सूचना अधिकारी अभिषेक पाण्डेले जानकारी दिए।

दुर्घटनामा परी मृत्यु हुनेमा मस्र्याङ्दी गाउँपालिका वडा ७, उस्ताकी ४० वर्षीया गंगामाया भन्ने त्रिवेणी गुरुङ र ३५ वर्षीया पुष्पा घले भएको प्रहरीले जनाएको छ। उनीहरुलाई प्रदेश अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

अन्य घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ। उस्ताकी ४० वर्षीया विमलादेवी घले, ३३ वर्षीया रीता गुरुङ र ७ वर्षीय सफल गुरुङलाई चितवन रेफर गरिएको छ भने बाँकीको प्रदेश अस्पतालमै उपचार भइरहेको छ।

घाइतेहरुमा ६२ वर्षीय सन्तबहादुर घर्ती, ४८ वर्षीय रुद्रमान घले, १० वर्षीया प्रिशिका गुरुङ, ३८ वर्षीय सोमलाल तामाङ, २९ वर्षीय चालक करण अधिकारी, ३१ वर्षीय प्रकाश गुरुङ, १४ वर्षीय विमान घले, ११ वर्षीय ऋतेश गुरुङ र ९ वर्षीय इन्द्र घले रहेका छन।

जिप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो।

प्रकाशित: २१ चैत २०८२ १९:३६ | Saturday, April 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast