प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दाहाल नियुक्त

हिमाल प्रेस २० चैत २०८२ २१:३४ | Friday, April 3, 2026
2
SHARE
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दाहाल नियुक्त

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा पत्रकार, लेखक एवं प्राध्यापक दिपा दाहाल नियुक्त भएकी छन्।

प्रधानमन्त्रीको सल्लाहाकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा पत्रकार दाहाल शुक्रबार नियुक्त भएकी हुन्।

दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि आफनो कार्यभार सम्हालेकी छन्। दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया र अनुसन्धानमा भूमिका निर्वाह गर्नेछिन्।

भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायको क्षेत्रमा उनको पत्रकारिताको लामो अनुभवलाई सरकारको मुलधारमा जोडन यो नियुक्ति गरिएको हो।

दाहालसँग रेडियो, टेलिभिजन, छापा र अनलाइन विधामा २० वर्षभन्दा बढिको व्यवसायीक पत्रकारिताको अनुभव छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पद्यमकन्या बहुमुखी क्याम्पसमा विगत सात वर्षदेखि पत्रकारिता अध्यापन गर्दै आएकी दाहालले पत्रकारिता,सञ्चार सिप र मौलिक नेतृत्व (अथेन्टिक लिडरसिप) नेतृत्वको प्रशिक्षक समेत छिन्।

प्रकाशित: २० चैत २०८२ २१:३४ | Friday, April 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast