काठमाडौँ- पाकिस्तान सरकारले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ।
सरकारले पट्रोलको मूल्यमा ४३ प्रतिशत र हाइस्पीड डिजेलमा ५५ प्रतिशत मूल्य वृद्धि गरेको हो।
योसँगै पाकिस्तानमा पेट्रोल (सुपर) को मूल्य प्रतिलिटर पाकिस्तानी ३२१.१७ बाट ४५८.४ रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल (हाइस्पीड) प्रतिलिटर ३३५.८६ बाट ५२०.२५ रुपैयाँ पुगेको जनाइएको छ। लाइट स्पीड डिजेल र मट्टितेलको मूल्य यथावत राखिएको छ।
इरानमा जारी युद्धका कारण विश्वभर तेलको मूल्य बढेकोले यो निर्णय लिनुपरेको पाकिस्तान सरकारले जनाएको छ। पाकिस्तानका पेट्रोलियममन्त्रीले सरकारसँग सीमित स्रोत रहेको र हाल युद्ध समाप्त हुने कुनै संकेत नदेखिएको बताएका छन्।
पाकिस्तानमा तेलको ठूलो हिस्सा ‘स्ट्रेट अफ होर्मुज’ को बाटो भएर आउँछ।
प्रकाशित: २० चैत २०८२ १८:३२ | Friday, April 3, 2026
प्रतिक्रिया




