बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’ बाट बले निष्कासित

हिमाल प्रेस २० चैत २०८२ १५:१३ | Friday, April 3, 2026
42
SHARES
बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’ बाट बले निष्कासित

काठमाडौँ- अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमार्फत कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप लगाएकी छन्।

ती युवतीले बलेको नाम उल्लेख गर्दै एक वर्षअघि बले अमेरिका गएको समयमा उनीबाट आफू बलात्कृत भएको उनले सामाजिक सञ्जालमा लेखेकी छन्। ‘मैले दाइ मानेको थिएँ र मेरो परिवारले पनि आफ्नै जस्तो मानेको थियो, त्यो मान्छे त एउटा राक्षस रहेछ। म ब’लात्कृत भएँ,’ उनले लेखेकी छन्।

घटनाबारे लामो स्टाटस लेख्दै उनले कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ, सागर लम्साल क्षेत्री? भन्दै प्रश्न पनि गरेकी छन्।

उनले घटनाको यथाशीघ्र सत्यतथ्य छानबिन हुनुपर्ने भन्दै दुवै पक्षको कुरा सुनेर दोषीलाई कानुनबमोजिम कडा कारबाहीको माग गरेकी छन्।

बिहान भएको यही घटनालाई लिएर फिल्म ‘पाँच पाण्डव’ बाट बले निष्कासित भएका छन्। फिल्म निर्माण कम्पनी कालीरानी फिल्म्सले  प्रेस विज्ञप्ति जारी गर्दै नैतिकताका आधारमा लम्साललाई फिल्मबाट हटाउने निर्णय गरेको बताएको छ।

बलेको करिब ९० प्रतिशत दृश्य खिचिसकिएको विज्ञप्तिमा उल्लेख छ। अब लम्साल संलग्न रहेका कुनै पनि दृश्य फिल्ममा समावेश नगर्ने र ती सबै दृश्य फेरि खिच्ने कुरासमेत स्पष्ट पारेको छ।

छायांकनकै क्रममा फिल्मबाट मुख्य कलाकार हटाउनुपरेकाे भन्दै कम्पनीका प्रस्तुतकर्ता नवीन श्रेष्ठले सम्बन्धित निकायलाई घटनाकाे सत्य तथ्य जाँच्नसमेत माग गरेका छन्।

विज्ञप्ति अनुसार गत चैत २ देखि झापा आसपासमा फिल्मको छायांकन भइरहेको छ। वसन्त निरौलाले निर्देशन गरेको फिल्मको कथा सुशील पौडेलले लेखेका हुन्।

प्रकाशित: २० चैत २०८२ १५:१३ | Friday, April 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast