अर्यालले गरे सभामुखमा मनोनयन दर्ता

हिमाल प्रेस २० चैत २०८२ ११:४५ | Friday, April 3, 2026
10
SHARES
अर्यालले गरे सभामुखमा मनोनयन दर्ता

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डोलप्रसाद अर्याल (डिपी) ले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दर्ता गरेका छन्। आज उनले सभामुखमा उम्मेदवारी दिएका हुन्।

अर्यालको प्रस्तावकमा सभापति रवि लामिछाने र समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुनमन्त्री सोबिता गौतम र भौतिकमन्त्री सुनिल लम्साल छन्।

रास्वपा संसदीय दलको बिहीबारको बैठकमा सभापति लामिछानेले सभामुख पदमा अर्यालको नाम प्रस्ताव गरेका थिए भने सर्वसम्मत रूपमा अनुमोदन गरिएको थियो।

सभामुख पदका लागि चैत २२ गते निर्वाचन हुनेछ। अर्याल गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ९ बाट निर्वाचित भएका थिए।

हालको प्रतिनिधिसभामा रास्वपाको स्पष्ट बहुमत रहेकाले अर्यालको विजय निश्चित छ।

प्रकाशित: २० चैत २०८२ ११:४५ | Friday, April 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast