फाइल तस्बिर : एएफपी/रासस
काठमाडौँ- अदालतले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थप दुई दिन हिरासतम राख्न अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले ओलीविरूद्ध अनुसन्धान गर्न थप दुई दिनको म्याद दिएको हो।
जेनजी आन्दोलनका क्रममा दमन गरेको भन्दै जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो।
आयोगको सिफारिसको आधारमा प्रहरीले उनलाई चैत १४ गते गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो। स्वास्थ्य समस्याका कारण उनलाई त्रिवि शिक्षण अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ।
प्रकाशित: १९ चैत २०८२ १९:१९ | Thursday, April 2, 2026
प्रतिक्रिया




