इराकमा आक्रमण हुनसक्ने अमेरिकी चेतावनी

हिमाल प्रेस १९ चैत २०८२ १८:१० | Thursday, April 2, 2026
18
SHARES
इराकमा आक्रमण हुनसक्ने अमेरिकी चेतावनी

काठमाडौँ– बगदाद स्थित अमेरिकी दूतावासले इरान समर्थक सशस्त्र समूहहरूले आगामी एक दुई दिनमा इराकमा आक्रमण गर्न सक्ने चेतावनी दिएको जनाएको छ।

हाल इराकलाई संयुक्त राज्य अमेरिका, इजरायल र इरानबिचको युद्धमा तानिएको छ भने अमेरिकी संरचना र इरान समर्थक समूह दुवैलाई लक्षित गरी आक्रमण गरिएको छ।

बगदादमा रहेको अमेरिकी दूतावासलाई बारम्बार लक्षित गरिएको छ भने राजधानीको मध्य भागहरूमा थप आक्रमणको चेतावनी दिएको छ।

इरानसँग जोडिएको इराकी आतंकवादी मिलिशिया समूहहरूले आगामी २४–४८ घण्टामा मध्य बगदादमा आक्रमण गर्न सक्ने दूतावासले सामाजिक सञ्जाल एक्स मार्फत विज्ञप्ति जारी गर्दै जनाएको छ।

यसैबीच इराकमा रहेका अमेरिकीहरूलाई देश छोड्नका लागि सुझावसमेत दिएको छ।

इरान समर्थक समूह कताब हेजबुल्लाहले मार्च –१९ मा युद्व विराम घोषणा गरेपछि हालैका दिनहरूमा इराकमा आक्रमण दर घटेको थियो। यद्यपि समूहले आफ्नो पछिल्लो युद्व विरामको म्याद सकिए पछि बुधवार समय थपको घोषणा भने गरेको छैन।

गत महिना वासिङ्टन र बगदादले आक्रमण रोक्न र इराकी क्षेत्रलाई अमेरिकी सुविधाहरू विरुद्ध आक्रमण गर्न प्रयोग नगरिएको सुनिश्चित गर्न सहयोग तीव्र पार्ने बताएका थिए।

तर अमेरिकी दूतावासले बिहीबार जारी गरेको विज्ञप्तिमा इराकी सरकारले इराकी भूभागबाट आतंकवादी आक्रमणहरू नरोकेको जनाएको छ।

पेन्टागनले युद्धको समयमा इराकमा इरान समर्थक सशस्त्र समूहहरू विरुद्ध हवाइ आक्रमण गरेको बताएको छ भने, वासिङ्टनले इराकी सुरक्षा बललाई लक्षित गरेको दाबीलाई अस्वीकार गरेको छ।

उत्तरपश्चिमी इराकमा पीएमएफको विरुद्धमा बुधबार गरिएको आक्रमणको दोष पीएमएफले अमेरिका र इजरायललाई दिएको थियो भने आक्रमणमा तीन जना लडाकुहरूको मृत्यु भएको थियो।

अमेरिकी दूतावासले विज्ञप्तीमा इराकमा रहेका अमेरिकी नागरिकहरूलाई आतंकवादी मिलिसियाहरूले अपहरणका लागि अमेरिकीहरूलाई लक्षित गरेको चेतावनी दिएको छ।

सुरक्षा स्रोतहरूलाई उदृत गर्दै एएफपीले कम्तिमा ३० वटा ड्रोनले दुहोक प्रान्तलाई रातारात निशाना बनाएको जनाएको छ।

प्रकाशित: १९ चैत २०८२ १८:१० | Thursday, April 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast