इन्डोनेसियाको मोलुका टापुलाई केन्द्रविन्दु बनाएर बिहीबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सुरुमा ७.८ म्याग्निच्युड मापन गरिएको यो भूकम्प स्थानीय समय अनुसार बिहान ६:४८ बजे गएको हो।
भूकम्पको धक्का जापानसम्म महसुस गरिएको छ भने जापानी मौसम विज्ञान एजेन्सीले आफ्ना केही समुद्री तटहरूमा पानीको सतहमा सामान्य परिवर्तन हुन सक्ने चेतावनी जारी गरेको छ।
मुख्य भूकम्पपछि ५.५ र ५.२ म्याग्निच्युडका दुईवटा पराकम्प आइसकेका छन् भने थप शक्तिशाली पराकम्पहरू आउन सक्ने राष्ट्रिय भूगर्भ एजेन्सीले चेतावनी दिएको छ। एजेन्सी
प्रकाशित: १९ चैत २०८२ ७:१८ | Thursday, April 2, 2026
प्रतिक्रिया




