खटाएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको यस्तो चेतावनी

हिमाल प्रेस १७ चैत २०८२ २०:५२ | Tuesday, March 31, 2026
38
SHARES
खटाएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको यस्तो चेतावनी

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान नमान्ने कर्मचारीलाई मार्ग प्रशस्त गर्न चेतावनी दिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ६३ जना उपसचिवको सरुवा गरेको थियो। मंगलबार भने ६ जना सहसचिवको सरुवा गरिएको छ।

यसअघि रिक्त रहेको नगरपालिका तथा उपमहानगरपालिकामा खटाइएका कर्मचारीहरू काठमाडौँ बाहिर जान आनाकानी गरेपछि सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले मार्ग प्रशस्त गर्न आग्रह गरेकी हुन्।

मन्त्री रावलले भनिन्, ‘जनतालाई सहज सेवा दिन सरकार जुनसुकै चुनौतीहरू पनि सामना गर्न पनि तयार छ, सरकारले खटाएको ठाउँमा जान्नँ भन्ने छुट कसैलाई छैन, नजाने कर्मचारीले मार्ग प्रशस्त गर्नुपर्छ।’

मन्त्रालयले यसअघि प्रमुख प्रशासकिय अधिकृतविहीन रहेका नगरपालिकामा सोमबार र उपमहानगरपालिकामा मंगलबार कर्मचारी पठाएको छ।

अब एक दुई दिनमै कर्मचारीविहीन भएका गाउँपालिकाहरूमा पनि कर्मचारी खटाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १७ चैत २०८२ २०:५२ | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast