आफ्नो अनुभव भन्दै सांसद महावीर पुनले गरे उपसचिवको आलोचना

हिमाल प्रेस १७ चैत २०८२ १२:३३ | Tuesday, March 31, 2026
42
SHARES
आफ्नो अनुभव भन्दै सांसद महावीर पुनले गरे उपसचिवको आलोचना

काठमाडौँ- निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा संघीय सांसद महावीर पुनले कानुन मन्त्रालयका उपसचिवको आलोचना गरेका छन्।

मन्त्री हुँदा आफूले उपसचिवको कामको अनुभव गरेको बताउँदै मंगलबार पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो अनुभव अनुसार मन्त्रालयमा कुनै पनि नीति नियम बनाउने र निर्णय गर्ने काममा सुल्झाउने, अल्झाउने र बल्झाउने भनेको सो मन्त्रालयको कानुन हेर्ने उपसचिव नै हुने रहेछन्। कानुनको उपसचिवलाई मन लागेन भने गर्नुपर्ने कुनै पनि निर्णयमा टिप्पणी नउठाई दिने वा आलटाल गर्दा रहेछन्। उस्तै प यो भने लामो बिदा पनि बसिदिने रहेछन्। कानुनको उपसचिवले टिप्पणी उठाई दिएन भने सहसचिव र सचिवले पनि अख्तियार लाग्छ भनेर निर्णय गर्न डराउँदा रहेछन्। मैले मुढे बल गर्दा पनि निकै कुरामा अड्काए।’

शिक्षामन्त्री हुँदा पुनले शिक्षा नियमावली संशोधन, विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनेलगायत योजना ल्याएका थिए। सोसम्बन्धी कानुन संशोधन नभएपछि पुनले राजीनामा दिएका थिए।

प्रकाशित: १७ चैत २०८२ १२:३३ | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast