नेविसंघले अभिभावक संस्था गठनका लागि ३ सदस्य समिति बनायो

हिमाल प्रेस १६ चैत २०८२ १३:२९ | Monday, March 30, 2026
34
SHARES
नेविसंघले अभिभावक संस्था गठनका लागि ३ सदस्य समिति बनायो

काठमाडौँ- नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अभिभावक संस्था (अल्मुनाइ) गठनबारे अध्ययन गर्न लागि समिति गठन गरेको छ। संघको अघिल्लो केन्द्रीय समिति बैठकको निर्णयबमोजिम सोमबार अध्ययन समिति गठन गरिएको अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए।

अध्यक्ष शेर्पाका अनुसार समितिको संयोजकमा यमकृष्ण पौडेल रहेका छन् भने सदस्यहरूमा सिर्जना स्नेही र श्यामराज ओझा रहेका छन्। नेविसंघले कांग्रेसको भ्रातृ संगठनबाट बाहिरिने निर्णय गरेको छ। अब नेविसंघको अभिभावकीय संस्थाका रूपमा पूर्व नेविसंघ नेताहरू रहने जनाइएको छ। त्यही संस्था गठनका लागि गठन समिति गठन गरिने नेताहरू बताउँछन्।

प्रकाशित: १६ चैत २०८२ १३:२९ | Monday, March 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast