बान्ता भएपछि अस्पताल भर्ना भए दीपक खड्का

हिमाल प्रेस १६ चैत २०८२ ११:२८ | Monday, March 30, 2026
16
SHARES
बान्ता भएपछि अस्पताल भर्ना भए दीपक खड्का दीपक खड्का/फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका खड्कालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको विभागका एक जना अधिकृतले जानकारी दिए।

विभागले अदालतबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेको थियो । गएराति साढे १२ बजेतिर बान्ता भएपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा उनलाई नर्भिक अस्पताल लगिएको थियो। निरन्तर बान्ता भएपछि नर्भिक अस्पतालले उनलाई त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको थियो।

 

प्रकाशित: १६ चैत २०८२ ११:२८ | Monday, March 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast