लेखकलाई अदालतमा उपस्थित गराइयो

हिमाल प्रेस १५ चैत २०८२ ११:१४ | Sunday, March 29, 2026
14
SHARES
लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौँ- पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई काठमाडौँ जिल्ला अदालत उपस्थित गराइएको छ। शनिबार बिहान पक्राउ परेका उनलाई आज अदालतमा उपस्थित गराइएको हो। थप अनुसन्धानका लागि म्याद थप अनुमति लिन उनलाई अदालतमा उपस्थित गराइएको हो। यसअघि लेखकलाई सरकारी वकीलको कार्यालयमा लगिएको थियो।

जेनजी आन्दोलनको घटना छानबिनका लागि प्रहरीले लेखकलाई शनिबार बिहान निवासबाटै पक्राउ गरेको थियो। उनीसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रहरीले पक्राउ गरेको थियो। ओलीलाई पनि अदालत उपस्थित गराइँदैछ।

प्रकाशित: १५ चैत २०८२ ११:१४ | Sunday, March 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast