रमेश लेखकलाई सरकारी वकीलको कार्यालयमा ल्याइयो

हिमाल प्रेस १५ चैत २०८२ १०:४३ | Sunday, March 29, 2026
8
SHARES
रमेश लेखकलाई सरकारी वकीलको कार्यालयमा ल्याइयो सरकारी वकीलको कार्यालय काठमाडौँमा अनुसन्धानका लागि ल्याइएका पूर्वगृहमन्त्री लेखक।

काठमाडौँ- पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारी वकीलको कार्यालय काठमाडौँमा उपस्थित गराइएको छ। केहीबेरअघि प्रहरीले उनलाई थप अनुसन्धानका लागि म्याद थप गर्न सरकारी वकीलको कार्यालय ल्याएको हो। उनलाई कति दिन अनुसन्धान गर्न म्याद थपियो भन्ने खुलेको छैन।

उनी हिजो भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए। पक्राउ परेको २४ घण्टाभित्र सरकारी वकीलमा उपस्थित गराउनुपर्ने हुन्छ। उनी जेनजी आन्दोलनमा बल प्रयोग गरेको अभियोगमा पक्राउ परेका हुन्। उनी गत भदौ २३ को जेनजी आन्दोलनको समयमा गृहमन्त्री थिए। उनीसँगै हिजो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पनि पक्राउ परेका छन्। ओलीलाई समेत म्याद थपका लागि ल्याइदैछ।

प्रकाशित: १५ चैत २०८२ १०:४३ | Sunday, March 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast