एमाले प्रदर्शनमा प्रहरीको लाठी चार्ज

हिमाल प्रेस १४ चैत २०८२ १६:५२ | Saturday, March 28, 2026
30
SHARES
एमाले प्रदर्शनमा प्रहरीको लाठी चार्ज

काठमाडौँ- नेकपा एमालेका कार्यकर्ताहरूले गरेको प्रदर्शनमा प्रहरीले लाठी प्रहार गरेको छ। अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा काठमाडौँमा प्रदर्शन गरिरहेका एमाले कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गरेको हो।

माइतीघर बबरमहल क्षेत्रमा प्रदर्शन गरिरहेका एमाले कार्यकर्ताहरू सिंहदरबारको दक्षिण गेटतर्फ बढेको बेला प्रहरीले लाठी प्रहार गरेको थियो। लाठी प्रहारबाट एमालेका केही कार्यकर्ताहरू घाइते भएका छन्।

प्रहरीको लाठी प्रहारबाट टाउको फुटेका एक जनालाई उपचारका लागि नजिकै रहेको अन्नपूर्ण न्यूरो अस्पताल लगिएको बताइएको छ।

एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि काठमाडौँको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले बबरमहल क्षेत्रमा एक सरकारी गाडीमा तोडफोडसमेत गरेका छन्।

प्रदर्शन चलिरहँदा सिंहदरबार, माइतीघर, बानेश्वर क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचलाल गरिएको छ।

अध्यक्ष ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताहरूले काठमाडौँबाहिर पनि प्रदर्शन गरेका छन्। एमाले कार्यकर्ताहरूले मकवानपुर, कञ्चनपुरलगायतका स्थानमा प्रदर्शन गरेका हुन्। कञ्चनपुरमा एमाले र कांग्रेसका कार्यकर्ताहरूले संयुक्त प्रदर्शन गरेका छन्।

जेनजी आन्दोलनका क्रममा भएका घटना छानबिन गर्न गठन भएको पूर्वन्यायाधीश गौरबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै प्रहरीले शनिबार बिहान तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरेको थियो।

प्रकाशित: १४ चैत २०८२ १६:५२ | Saturday, March 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast