स्ट्रेटअफ होर्मुजमा इरानको कडाइ : तीनवटा जहाजलाई फर्काइयो

हिमाल प्रेस १३ चैत २०८२ २१:०२ | Friday, March 27, 2026
42
SHARES
स्ट्रेटअफ होर्मुजमा इरानको कडाइ : तीनवटा जहाजलाई फर्काइयो फाइल तस्बिर : एपी/रासस

काठमाडौँ– इरानले स्ट्रेट अफ होर्मुजबाट जान खोजिरहेका तीनवटा जहाजहरूलाई फिर्ता पठाएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले अनुमतिप्राप्त जाहाजहरूका लागि मात्र तोकिएको मार्गबाट जान खोजेका तीनवटा जहाजलाई फिर्ता पठाएको जनाएको हो।

आईआरजीसीले आफ्नो विज्ञप्तिमा भनेको छ,‘विभिन्न देशका तीनवटा कन्टेनर जहाजहरू निर्धारित मार्गतिर अघि बढिरहेका थिए। आईआरजीसी नौसेनाको चेतावनीपछि उनीहरूलाई फिर्ता पठाइयो।’
स्ट्रेट अफ होर्मुज बन्द रहेको र यहाँबाट कुनै पनि जहाज जान खोजे कडा कारबाही गरिने इरानले चेतावनी दिएको छ।

आईआरजीसीले भनेको छ,‘अमेरिका र इजरायलका सहयोगी देशका बन्दरगाहहरूबाट आउने जाने कुनै जहाजलाई कुनै पनि मार्गबाट जान अनुमति छैन।’

इरानका विदेशमन्त्री अब्बास अरागचीले दुई दिनअघि सरकारी टेलिभिजनमा बोल्दै इरानले हालसम्म चीन, रुस, पाकिस्तान, इराक र भारतजस्ता देशका जहाजहरूलाई मात्र जान अनुमति दिउको बताएका थिए।

स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द नभएको तर यो केवल ‘शत्रुहरूका लागि मात्र बन्द’ रहेको उनको भनाइ थियो।

प्रकाशित: १३ चैत २०८२ २१:०२ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast