फागुन ११ गतेदेखि केपी ओली कप

हिमाल प्रेस १३ माघ २०७९ १६:०४ | Friday, January 27, 2023
फागुन ११ गतेदेखि केपी ओली कप

काठमाडौँ- राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने केपी ओली कप फागुन ११ गतेदेखि १७ गतेसम्म हुने भएको छ। एमालेको भ्रातृ संस्था युवा संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा आयोजकसहित आठ समूहले भाग लिने जनाएको हो।

प्रतियोगितामा आयोजक युवा संघको एक टिम हुने र बाँकी सात सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने क्लबले प्रतिस्पर्धा गर्ने छन्।

प्रतियोगिताको उद्घाटन च्यासल खेल मैदान मैदानमा हुनेछ। प्रतियोगिताको खेलहरू च्यासल र दशरथ रंगशालासँगै सातदोबाटोस्थित एन्फाको मैदानमा खेलाइने छ। यस प्रतियोगितामा एन्फाको प्रविधिक सहयोग रहने युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले १ लाख रुपैयाँ नगद पुरस्कार, विधागत रुपमा उत्कृष्ट गोलकिपर र फरवर्डाले समान ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्। प्रत्येक खेलको विजेता टिमले २५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् ।

साथै प्रत्येक खेलका प्लेयर अफ दी म्याचले १५ हजार रुपैयाँ पुरस्कार जित्नेछन्। उदीयमान खेलाडीले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

 

प्रकाशित: १३ माघ २०७९ १६:०४ | Friday, January 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast