लन्डनमा यहुदी समुदायका चार एम्बुलेन्समा आगजनी

हिमाल प्रेस ९ चैत २०८२ १७:४६ | Monday, March 23, 2026
18
SHARES
लन्डनमा यहुदी समुदायका चार एम्बुलेन्समा आगजनी

काठमाडौँ– बेलायतको राजधानी लन्डनमा यहुदी समुदायको सेवामा खटिएका चारवटा एम्बुलेन्समा आगजनी भएको छ। महानगरीय प्रहरीले यसलाई ‘यहुदी विरोधी घृणा’ सँग सम्बन्धित अपराध भनेको छ।

प्रधानमन्त्री किएर स्टार्मरले यी आक्रमणहरूलाई ‘अत्यन्तै स्तब्ध पार्ने’ र ‘भयानक’ भनेर टिप्पणी गरेका छन्।

स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले यहुदीविरोधी घृणाविरूद्ध एकजुट भएर उभिनुपर्ने बताएका छन्।

लन्डनको दमकल विभागलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार एम्बुलेनसमा रहेका सिलिन्डरहरू विस्फोट भएका थिए, जसका कारण नजिकै रहेका भवनका झ्यालका सिसा फुटेका थिए।

आगो नियन्त्रण गर्न ६ वटा दमकल र करिब ४० जना अग्निनियन्त्रकहरू परिचालन गरिएको थियो।

सीसीटीभी फुटेजमा एम्बुलेन्समा आगो लगाइरहेका तीन जना शंकास्दपद व्यक्ति देखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ चैत २०८२ १७:४६ | Monday, March 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast