‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार २०८२’ को लागि आवेदन आह्वान

हिमाल प्रेस ९ चैत २०८२ १५:४३ | Monday, March 23, 2026
8
SHARES
‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार २०८२’ को लागि आवेदन आह्वान

काठमाडौँ- चलचित्र विकास बोर्डले २०८२ सालको राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कारमा सहभागिताका लागि आवेदन आह्वान गरेको छ। बोर्डले एक सूचना जारी गर्दै विभिन्न विधामा प्रदान गरिने पुरस्कारका लागि स्वदेशी फिल्मलाई सहभागी हुन आह्वान गरेको हो।

सूचनाअनुसार राष्ट्रिय चलचित्र पुरस्कारतर्फ २०८२ वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शन भएका चलचित्रले आवेदन दिन सक्नेछन्। विशेष चलचित्र पुरस्कारका लागि सोही अवधिभित्र चलचित्र जाँच समितिबाट जाँच भएकाले मात्र सहभागिता हुन पाउनेछन्।

आदिवासी, जनजाति तथा मातृभाषी चलचित्र पनि सोही अवधिभित्र जाँच भएका भए राष्ट्रिय वा विशेष चलचित्र पुरस्कारमा सहभागी हुन सक्ने सूचनामा उल्लेख छ।

विधागत रूपमा सहभागी हुन सार्वजनिक प्रदर्शन भएको हुनु भनिएको छ। तर, यस्ता चलचित्रले विधागत रूपमा राष्ट्रिय चलचित्र पुरस्कार वा आदिवासी, जनजाति तथा मातृभाषी राष्ट्रिय चलचित्र पुरस्कारमध्ये कुनै एकमा मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ।

आवेदन दिन चाहने निर्माताले नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित आफैं वा अधिकृत व्यक्तिमार्फत उपस्थित भई वा इमेलमार्फत आवेदन दिन सक्नेछन्। बोर्डका अनुसार आवेदन फाराममा उल्लेख गरिएको विवरण र चलचित्रमा प्रयोग भएका नामहरूबीच मेल हुनुपर्नेछ।

आवेदन फाराम बोर्डको कार्यालय वा आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ। साथे आवश्यक कागजातसहित फाराम बोर्डको इमेल ठेगानामा पठाउन सकिने व्यवस्था गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast