कांग्रेसको कलहमा गोकुल बाँस्कोटाको व्यंग्य

हिमाल प्रेस ९ चैत २०८२ १२:१५ | Monday, March 23, 2026
30
SHARES
कांग्रेसको कलहमा गोकुल बाँस्कोटाको व्यंग्य

काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसको आन्तरिक कलहका विषयमा पूर्वसभापति शेरबहादुर देउवालाई जोडेर व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। पार्टीभित्रको कानुनी विवाद र समितिहरूको वैधानिकतालाई लिएर भइरहेको खिचातानीका बीच देउवाले ‘मौन राजनीति’ गरिरहेको भन्दै बाँस्कोटाले ‘सुनियोजित रणनीति’को रूपमा अर्थ्याएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै उनले नेपाली कांग्रेसभित्रको कानुनी विवाद सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा चलिरहेकै समयमा सभापति देउवाले पुरानो समितिको बैठक बोलाउनुले एउटा विशेष संकेत गरेको बताए।

उनले भनेका छन्, ‘मौन राजनीतिका माहिर खेलाडी मानिने शेरबहादुर देउवाले पुरानो समितिको बैठक राखेको भन्ने सुनिन्छ। यसले अदालतको फैसला आफ्नो पक्षमा आउनेमा उहाँ ढुक्क हुनुहुन्छ भन्ने देखाउँछ।’

आफ्नो टिप्पणीलाई अझ घतलाग्दो बनाउन उनले नेपाली उखान र बिम्बहरूको प्रयोग गरेका छन्। बाँस्कोटाले भनेका छन्, ‘खेल खेलाडीका, जित अनाडीका भन्थे, यस्तै पो होला कि? शंका गरेँ मैले, लंका हाने कसैले भने— थाहा छैन।’

प्रकाशित: ९ चैत २०८२ १२:१५ | Monday, March 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast