तामाङ फिल्म ‘उर्गेन’ काे शुभ मुहूर्त, निर्माणमा चलचित्र विकास बोर्डकाे सहयोग

हिमाल प्रेस ९ चैत २०८२ ११:०२ | Monday, March 23, 2026
14
SHARES
तामाङ फिल्म ‘उर्गेन’ काे शुभ मुहूर्त, निर्माणमा चलचित्र विकास बोर्डकाे सहयोग

काठमाडौँ- तामाङ भाषा, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित बन्न लागेकाे तामाङ फिल्म ‘उर्गेन’ को शुभ मुहूर्त गरिएको छ।

तामाङ चलचित्र संघले काठमाडौँको नारायणटारमा एक कार्यक्रम आयोजना गर्दै शुभ मुहूर्त गरेको हो। फिल्म निर्माणका लागि चलचित्र विकास बोर्डले संघलाई रु. ३ लाख ४५ हजार आर्थिक सहयोग गरेको बताएको छ।

बोर्डको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत आदिवासी जनजाति मातृभाषी फिल्मको विकास, विस्तार र प्रवर्द्धन गर्ने लक्ष्यसहित संघलाई उक्त रकम उपलब्ध गराएको टिमले जनाएको छ।

फिल्मले तामाङ समुदायको जीवनशैली, भाषा र सांस्कृतिक पक्षलाई समेट्ने संघले जनाएको छ।

 

प्रकाशित: ९ चैत २०८२ ११:०२ | Monday, March 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast