निर्वाचनको स्वच्छता, निष्पक्षता र पारदर्शितामा प्रश्न उठ्यो : प्रभु साह

हिमाल प्रेस ८ चैत २०८२ ६:५६ | Sunday, March 22, 2026
14
SHARES
निर्वाचनको स्वच्छता, निष्पक्षता र पारदर्शितामा प्रश्न उठ्यो : प्रभु साह

काठमाडौँ- आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि प्रश्न उठेकाले यसको स्वच्छता, निष्पक्षता र पारदर्शिताको बारेमा छानबिन गर्नुपर्ने माग गरेका छन् । काठमाडौँको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज (शनिबार) बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै साहले यस्तो माग गरेका हुन् ।

निर्वाचन आयोगदेखि सरकारको भूमिकामाथि प्रश्न उठाउँदै उनले निर्वाचन आचारसंहिता उल्लंघन हुँदा समेत मौन बस्नु, एकपक्षीय प्रचार रोक्न नसक्नुले गम्भीर प्रश्न उठेको बताए । मिडियादेखि सामाजिक सञ्जालको निष्पक्षतामाथि समेत उनले प्रश्न उठाए । फेक आइडीको दुरुपयोग, मिडियाको एकपक्षीय प्रचार रोक्न नसक्नु निर्वाचन आयोग र सरकारको असफलता भएको टिप्पणी उनले गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast