नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक। तस्बिर : रासस
काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ८ बजे बैठक सुरु हुने प्रवक्ता देवराज चालिसे बताउँछन्। गत शुक्रबारबाट सुरु भएको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे प्रतिवेदनमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।
साथै पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे पनि सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । अधिकांश सदस्यले राजीनामा अस्वीकृत गर्नुपर्ने धारणा राखिरहेका छन् । गत फागुन २१ को निर्वाचनमा पराजय भोगेको कांग्रेस अहिले चुनावकै समीक्षामा छ।
प्रकाशित: ८ चैत २०८२ ६:२४ | Sunday, March 22, 2026
प्रतिक्रिया




