पाल्पामा टिपर दुर्घटना, तीन जनाको मृत्यू

हिमाल प्रेस ७ चैत २०८२ २१:५० | Saturday, March 21, 2026
18
SHARES
पाल्पामा टिपर दुर्घटना, तीन जनाको मृत्यू

बुटवल– पाल्पामा शनिबार बेलुकी टिपर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

अर्घाखाँचीको शीतगङ्गा नगरपालिका ४ सिद्धाराका २६ वर्षीय चिन्ता बहादुर सुनारको मृत्यू भएको पाल्पा प्रहरीले जनाएको छ। अन्य दुईजनाको सनाखत हुन बाँकी छ।

तानसेन नगरपालिका १० पटुवाका ३३ वर्षीय राजन चिदी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए।

माथागढी गाउँपालिकाको झडेवाबाट रहबास चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको टिपर माथागढी गाउँपालिका–७ रहबास स्थित झडेवा रहबास भित्री कच्ची सडकखण्डमा बेलुकी ६ बजे दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएकोमा चिकित्सकले तीनजनालाई मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक चौधरीले बताए। अर्का एक गम्भीर घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ। टिपर सडकभन्दा ५० मिटर तल खसेको थियो।

प्रकाशित: ७ चैत २०८२ २१:५० | Saturday, March 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast