स्याङ्जामा मृत भेटियो चितुवा

हिमाल प्रेस ६ चैत २०८२ २१:१७ | Friday, March 20, 2026
26
SHARES
स्याङ्जामा मृत भेटियो चितुवा प्रतिनिधिमूलक तस्बिर।

स्याङ्जा- स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा बसिन्डाँडामा मरेको चितुवा फेला परेको छ।

आज (शुक्रबार) दिउँसो बसिन्डाँडामा झण्डै एक वर्ष उमेरको चितुवा मरेको अवस्थामा फेला परेको गल्याङ, कालीगण्डकी सवडिभिजन वन कार्यालय गल्याङका वन अधिकृत सुमन केसीले जानकारी दिए।

आज भेटिएको चितुवा केही दिनअघि मरेको हुनसक्ने अनुमान वन कार्यालयको छ। मृत भेटिएको चितुवा गन्हाउन सुरु भएकाले केही दिन अघि मरेको हुनसक्ने उनले बताए।

‘मृत अवस्थामा फेला परेको चितुवाको बाहिरी शरीरमा कुनै पनि प्रकारको घाउ चोटपटक देखिएको छैन’, उनले भने, ‘मानिस अथवा अन्य शिकारीको आक्रमणबाट मरेको नभई अन्य कारणबाटै मरेको देखिएकाले स्थानीय जनप्रतिनिधि, प्रहरी तथा स्थानीयवासीको रोहबरमा मुचुल्का गरेर कार्यालयले चितुवाको शव व्यवस्थापन गरेको छ।’

मरेको चितुवा देखेपछि स्थानीयले प्रहरी तथा गल्याङस्थित सवडिभिजन वन कार्यालयमा जानकारी गराएका थिए।

प्रकाशित: ६ चैत २०८२ २१:१७ | Friday, March 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast