घण्टीमा भोट हाल्ने नेताकार्यकर्ता खोज्दै प्रचण्ड

हिमाल प्रेस ६ चैत २०८२ १०:३४ | Friday, March 20, 2026
22
SHARES
घण्टीमा भोट हाल्ने नेताकार्यकर्ता खोज्दै प्रचण्ड नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका नेताकार्यकर्ताले नै आफ्ना उम्मेदवारलाई भोट नहालेको रिपोर्ट आएको भन्दै त्यस्ता नेताहरूको पहिचान गर्न निर्देशन दिएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घण्टी चुनाव चिह्नमा भोट हाल्ने आफ्नै पार्टीका नेताहरूलाई कारबाही गर्ने चेतावनी समेत दिएका हुन्।

पार्टी कार्यालय पेरिसडाँडामा जनवर्गीय संगठनका नेताहरूको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संगठनभित्र अनुशासन कडा बनाउनुपर्ने आवश्यकता पनि औंल्याए। उनले भने,‘म तपाईँहरूलाई भन्छु,यहाँ उपस्थित सबैजना जनवर्गीय संगठनका नेता कमरेडहरू हुनुहुन्छ। केन्द्रीय सदस्य र प्रदेश सदस्यमध्ये को-को आफ्नो क्षेत्रमा गएनन्? कसले भोट हालेनन्? कसले घण्टीमा भोट हाले? त्यसको रिपोर्ट तपाईँहरूले हामीलाई दिनैपर्छ। त्यस्तालाई कारबाही गर्नैपर्छ नत्र भने पार्टी बनाउन सकिँदैन।’‍

प्रचण्डले पार्टी पुनर्गठनको प्रक्रिया पनि यहीँबाट सुरु हुने बताए। उनले ठोस प्रमाणका आधारमा मात्रै कारबाही अघि बढाइने बताउँदै संगठनलाई चुस्तदुरुस्त बनाउन आवश्यक रहेको बताए।

उनले थपे,‘अब कारबाही गरिन्छ र त्यसको सुरुवात केन्द्रीय सदस्यहरूबाटै हुन्छ। ‘केन्द्रीय सदस्यहरू नै घण्टीतिर गए’ भन्ने जेनरल रिपोर्ट आएको छ। हामीले भनेका छौँ,ठोस प्रमाण ल्याउनुस्- को-को आफ्नो क्षेत्रमा गएनन्? को-को घण्टीतिर लागेको देखियो? तिनलाई हामी आँखा चिम्लिएर कारबाही गर्छौँ। अहिले पार्टी पुनर्गठन यहीँबाट सुरु हुने हो।’

प्रचण्डले निर्वाचनपछि आएको सुझाव र आलोचनालाई पनि मूल्यांकन गर्दै संगठन सुधार गर्नुपर्ने बताए।

प्रकाशित: ६ चैत २०८२ १०:३४ | Friday, March 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast