युवालाई स्वदेशमै रोक्न नवप्रवर्तन मन्त्रालय चाहिन्छ : सांसद पुन

हिमाल प्रेस ६ चैत २०८२ ६:२८ | Friday, March 20, 2026
14
SHARES
युवालाई स्वदेशमै रोक्न नवप्रवर्तन मन्त्रालय चाहिन्छ : सांसद पुन

काठमाडौँ- सांसद तथा निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले अनुसन्धान, नवप्रवर्तन तथा आविष्कारको लागि छुट्टै मन्त्रालय चाहिने बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमा उनले युवालाई स्वदेशमै रोकेर उनीहरूलाई उद्यमी बनाई नेपालको अर्थतन्त्रको विकास गर्न शक्तिशाली विज्ञान प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय चाहिने बताएका हुन्।

उनले लेखेका छन्,‘प्रतिभाशाली युवालाई विदेश पलायन हुनबाट रोकेर उनीहरूलाई उद्यमी बनाई नेपालको अर्थतन्त्रको विकास गर्न एकदमै शक्तिशाली विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय चाहिन्छ! चाहिन्छ!! चाहिन्छ!!!’

अनुसन्धान, नवप्रवर्तन तथा आविष्कारको लागि कुलग्राहस्थ उत्पादनको १ प्रतिशत रकम बजेटमा छुट्याउनै पर्ने र यसो नगरे देश विकास नहुने उनको तर्क छ।

प्रकाशित: ६ चैत २०८२ ६:२८ | Friday, March 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast