कांग्रेसका पूर्वसांसद चालिसेलाई धरौटीमा छोड्न आदेश

हिमाल प्रेस २ चैत २०८२ १६:४८ | Monday, March 16, 2026
18
SHARES
कांग्रेसका पूर्वसांसद चालिसेलाई धरौटीमा छोड्न आदेश फाइल तस्बिर

काठमाडौँ- विशेष अदालतले नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद सन्तोष चालिसेलाई पाँच लाख रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ।

गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले सोमबार यो आदेश दिएको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चालिसेविरूद्ध ३ करोड ६८ लाख ४७ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो। उनी गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयरसमेत हुन्।

सोमबार विशेष अदालतमा उपस्थित भएका चालिसेसँग बयान लिएपछि थुनछेक आदेश आएको हो।

२०७९ सालको निर्वाचनमा काठमाडौँ–३ बाट निर्वाचित भएका चालिसेमाथि अख्यिारले गत मंसिरमा मुद्दा दर्ता गरेको थियो।

प्रकाशित: २ चैत २०८२ १६:४८ | Monday, March 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast