काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ। पार्टीको आइतबार बसेको सचिवालय बैठकले ४८ महिला र नौ पुरुषको नामावली टुंगो लगाएको हो।
प्रवक्ता मनिष झाले सञ्चारकर्मीलाई दिएको जानकारी खासआर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेशीबाट नौ, दलितबाट आठ, थारूबाट चार र मुस्लिम समुदायबाट तीन जनाको नाम टुंगो लगाइएको छ।
यी क्लस्टरबाट कोको परेका छन् भन्ने झाले खुलाएनन्। उनले निर्वाचन आयोगले यी नामावली रुजु गरेपछि मात्रै नाम सार्वजनिक हुने जानकारी दिए। प्रवक्ता झाले नामावली आइतबारै निर्वाचन आयोगमा बुझाइने बताए। रास्वपा प्रत्यक्षतर्फ १२५ सिटमा निर्वािचत भएको छ। समानुपतिक ५७ समेत जोड्दा १८२ सिट हुन्छ।
प्रकाशित: १ चैत २०८२ १३:२९ | Sunday, March 15, 2026
प्रतिक्रिया





