बेनी हाइड्रोपावर आईपीओ निष्कासन गर्ने

हिमाल प्रेस १ चैत २०८२ ९:०५ | Sunday, March 15, 2026
12
SHARES
बेनी हाइड्रोपावर आईपीओ निष्कासन गर्ने

काठमाडौँ- बेनी हाइड्रोपावर प्रोजेक्टले आज (आइतबार)देखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रूपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रूपैयाँ बराबरको २० लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

जसमध्ये १० करोड ४० लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका १० लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।

सोमध्ये ५ लाख २० हजार कित्ता सेयर आयोजनाको अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलुदुधकुण्ड नगरपालिका वडा नं। २, ३ र ४ का स्थायी बासिन्दाहरूमा बाँडफाँट गरिनेछ भने ३ लाख १२ हजार कित्ता सुलुदुधकुण्ड नगरपालिका वडा नं। ५, ६, ७ र ११ का स्थायी बासिन्दा र २ लाख ८ हजार कित्ता सेयर सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रहरूका स्थायी बासिन्दाहरूमा बाँडफाँट गरिनेछ।

साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ करोड ५ लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित दरका १ लाख ४ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

प्रकाशित: १ चैत २०८२ ९:०५ | Sunday, March 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast