काठमाडौँ- इराकको राजधानी बागदादस्थित अमेरिकी दूतावासमा आक्रमण भएको छ।
रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार एउटा मिसाइल दूतावासको भवनमा ठोक्किएपछि त्यहाँबाट धुवाँ उडिरहेको देखिएको थियो।
यद्यपि क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ।
मिसाइल अमेरिकी दूतावास परिसभित्र रहेको हेलिप्याडमा खसेको बताइएको छ। त्यस्तै एएफपीले स्रोतलाई उद्धृत गर्दै दूतावासमा ड्रोनमार्फत आक्रमण गरिएको जनाएको छ।
यो आक्रमण बगदादमा भएको आक्रमणमा इरान समर्थित दुई लडाकु मारिएको खबर सार्वजनिक भएकै समयमा भएको हो।
प्रकाशित: ३० फागुन २०८२ १६:३७ | Saturday, March 14, 2026
प्रतिक्रिया





