फाइल तस्बिर।
काठमाडौँ- नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। तुइनखोला लगायतका स्थानमा माथिबाट ढुंगा खस्दा सडक अवरुद्ध भएको हो।
सडक सञ्चालनमा ल्याउनको लागि मेसिन प्रयोग गरि सडकमा छरिएर रहेका ढुंगाहरू हटाउने प्रयास भैरहेको सडक आयोजनाका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिएका छन्। माथिबाट ढुंगा झरिरहेकोले सावधानी अपनाई सुरक्षित यात्रा गर्न आयोजनाले यात्रुहरूसँग आग्रह गरेको छ। मुग्लिङ–नारायणगढ सडक खण्डको तुईनखोला, नाम्सी खोला र कालीखोलामा ढुङ्गा खस्दा सडक अवरुद्व भएको हो।
प्रकाशित: ३० फागुन २०८२ ६:२९ | Saturday, March 14, 2026
प्रतिक्रिया





