अस्करमा मनोनीत ‘छेल्लो सो’ नेटफ्लिक्समा रिलिज हुने

हिमाल प्रेस ६ मंसिर २०७९ १३:१३ | Tuesday, November 22, 2022

काठमाडौँ- ९५ औँ अस्कर अवार्डमा भारतका तर्फबाट आधिकारिक रूपमा सहभागी गुजराती फिल्म ‘छेल्लो सो’ नेटफ्लिक्समा रिलिज हुने भएको छ।

२०२३ को अस्कर अवार्डमा ‘छेल्लो सो’ले ‘बेस्ट इन्टरनेसनल फिचर फिल्म’ विधामा मनोनयमा परेको छ।

नेटफ्लिक्सले आफ्नो ट्वीटर ह्यान्डलमा फिल्म नोभेम्बर २५ मा रिलिज गरिने घोषणा गरेको छ। ‘९५ औँ अस्कर अवार्डमा सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्मको लागि भारतबाट आधिकारिक रूपमा सहभागी छेल्लो सो नोभेम्बर २५ मा स्ट्रिम हुँदै छ।’

फिल्म हिन्दी र गुजराती भाषामा रिलिज हुनेछ। पान नलिनको निर्देशन रहेको फिल्ममा सिनेमाप्रति एक नौ वर्षीय बालकको आकर्षणको कथालाई देखाइएको छ। यो एउटा ‘सेमी अटोबायोग्राफिकल’ फिल्म हो।

फिल्म १४ अक्टोबर २०२२ मा भारतका सिनेमाघरमा प्रदर्शनमा आएको थियो। सन् २०२१ जुनमा सम्पन्न २० औँ संस्करणको ‘ट्रिबेका फिल्म फेस्टिभल’मा देखाइएको थियो।

फिल्ममा भाविन राबरी, भावेश श्रीमाली, ऋचा मीना, दीपेन रावल, परेश मेहतालगायत कलाकारको अभिनय रहेको छ।

 

प्रकाशित: ६ मंसिर २०७९ १३:१३ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast