पशु क्षति भएका कृषकलाई १० लाख राहत

हिमाल प्रेस २९ फागुन २०८२ ११:२० | Friday, March 13, 2026
8
SHARES
पशु क्षति भएका कृषकलाई १० लाख राहत

तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिकाले पशु बिमा कार्यक्रमअन्तर्गत कृषकलाई राहत वितरणलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा १३ जना कृषकलाई पशु क्षतिबापत तीन लाख १३ हजार ५०० वितरण गरेको छ । यस्तै अघिल्लो आवमा गाउँपालिकाले सात लाख १२ हजार ५०० राहत वितरण गरेको थियो ।

यस वर्ष वितरण गरिएको राहत रकम भैँसी, गाई, गो तथा बाख्रामा भएको क्षतिका आधारमा प्रदान गरिएको गाउँपालिकाका पशु चिकित्सक डा सन्तोष देवकोटाले जानकारी दिए ।

वडा नं ३ का शान्ता मिश्रलाई भैँसी क्षतिबापत ८१ हजार, वडा नं ५ का गणेशबहादुर मगरलाई बाख्रा क्षतिबापत १४ हजार २५०, वडा नं ५ छिम्केश्वरी लाब्दी बाख्रा फार्मलाई बाख्रा क्षतिबापत २८ हजार ५००, वडा नं ४ मिनबहादुर गुङलाई बाख्रा क्षतिबापत २८ हजार ५००, वडा नं ५ सुदीप गुङलाई बाख्रा क्षतिबापत १४ हजार २५०, वडा नं ५ मानबहादुर गुङलाई बाख्रा क्षतिबापत १४ हजार २५० राहत वितरण गरिएको उनले बताए ।

वडा नं ५ वीरबहादुर कामीलाई गो क्षतिबापत १८ हजार, वडा नं ६ झिमेल भुजेललाई गाई क्षतिबापत ३६ हजार, वडा नं ६ मनबहादुर भुजेललाई बाख्रा क्षतिबापत १४ हजार २५०, जुनबहादुर गुङलाई बाख्रा क्षतिबापत १४ हजार २५०, धनबहादुर गुङलाई गो क्षतिबापत १८ हजार, निमबहादुर भुजेललाई गो क्षतिबापत १८ हजार र जुनबहादुर गुङलाई बाख्रा क्षतिबापत १४ हजार २५० राहत वितरण गरिएको छ ।

पशु बिमा कार्यक्रमअन्तर्गत प्रिमियम शुल्कको ८० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्दै आएको छ भने कृषकले तिर्नुपर्ने २० प्रतिशत रकम गाउँपालिकाले नै व्यवस्थापन गर्ने भएकाले कार्यक्रम शतप्रतिशत निःशुल्क रूपमा सञ्चालन भइरहेको छ ।

गाउँपालिकाले पशुपालनलाई आम्दानीको मुख्य स्रोत बनाएका कृषकलाई समयमै पशु बिमा गराउन तथा आकस्मिक क्षतिबाट राहत लिन कार्यक्रमको लाभ लिन अनुरोध गरेको छ ।

अघिल्लो आवमा गाउँपालिकाले सात लाख १२ हजार ५०० राहत वितरण गरेको थियो । देवकोटाका अनुसार वडा नं ४ का १८ कृषकलाई दुई लाख ९६ हजार सात सय, वडा नं ५ का सात जना कृषकलाई एक लाख ५० हजार तीन सय, वडा नं ६ का १७ जना कृषकलाई दुई लाख ६५ हजार ५०० राहत वितरण गरिएको थियो ।

प्रकाशित: २९ फागुन २०८२ ११:२० | Friday, March 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast