काठमाडौँ- प्यूठान प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं। १ का उम्मेदवार सूर्यबहादुर थापा क्षेत्रीले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम उनले खर्चको विवरण जिल्ला निर्वाचन कार्यालय, प्यूठानमा पेस गरेका हुन्।
खर्च विवरणअनुसार थापाले निर्वाचन अभियानका क्रममा कुल २४ लाख १० हजार ३८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। उनले बुझाएको विवरणअनुसार वडा तथा पालिका स्तरीय कार्यक्रम सञ्चालनमा सबभन्दा बढी ६ लाख ४० हजार रुपैयाँ खर्च भएको छ। यस्तै इन्धन खर्च (पेट्रोलरडिजेल) मा ४ लाख ५० हजार ३९० रुपैयाँ, सवारी साधन भाडामा २ लाख ९० हजार रुपैयाँ खर्च गरिएको छ।
त्यस्तै मनोनयन दर्ता खर्चमा १० हजार र विविध खर्चमा ४ लाख ५९ हजार ६०० रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।





